काठमाडौं-सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। पूर्वमन्त्री खड्कालाई सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई २०८२ चैत १५ गते आइतबार बिहान पक्राउ गरेको थियो। खड्कालाई आइतबार नै जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराइएको थियो।
जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते खड्काको घरमा आगजनी गरिएको थियो। त्यस क्रममा केही नोट चलको अवस्थामा भेटिएका थिए। त्यसलाई लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ।






प्रतिक्रिया