अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको रिहाइको माग गर्दै आज पनि एमालेले गर्‍यो विरोध प्रदर्शन

अध्यक्ष ओलीको रिहाइको माग गर्दै आज पनि एमालेले गर्‍यो विरोध प्रदर्शन


काठमाडौँ-नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीका रिहाइको माग गर्दै उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म जुलुस प्रदर्शन गरेका हुन् । 

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा तेस्रो दिन पनि नेकपा (एमाले)का कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरमा पक्राउ गरेको थियो ।