अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारी नै ओर्लिए सडकमा

अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेका पदाधिकारी नै ओर्लिए सडकमा


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज पार्टीका पदाधिकारी सहितका नेताहरु सडकमा ओर्लीएका छन् ।

आज माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, डा.राजन भट्टराई, महेश बस्नेत लगायतका नेताहरुको अगुवाइमा आन्दोलन अघि बढीको छ। सचिव बस्नेतले आज विहानै आन्दोलनमा सबैलाई सहभागी हुन आहवन गरेका थिए । गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई पक्राउ आफ्नै निवास गुण्डुबाट पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिनको ३ बजे देखि एमालेले निरन्तर विरोध प्रदर्शन गरिरहेको छ । आजको प्रदर्शन उपत्यका विशेष कमिटीले आयोजना गरेको एमालेले जनाएको छ ।

यसैबीच आन्दोलन स्थलमै सञ्चारकर्मीसँग कुरा गर्दै सचिव शेरधन राईले देशलाई मुढभेडमा धकेलेर युक्रेन बनाउने खोजिएको बताएका छन् । राईले सरकारले राजनीतिक प्रतिशोध राखेकोले आफूहरु सडकमा आउन बाध्य भएको उल्लेख गरे।

जनादेशको उन्मादमा सरकारले मुलुकलाई मुठभेडतिर धेकेलेको उनले बताए । राई अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने बताएक छन् । अहिले बबर महल क्ष्क्षेत्रमा एमालेको प्रदर्शन जारी छ ।