काठमाडौँ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदारबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको सरकारको यो दोस्रो बैठक हो।
यसअघि सरकार गठन भएको दिन २०८२ चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो। पहिलो बैठकले शासकीय सुधारका सय वटा कार्यसूची पारित गरेको थियो।
बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ। यद्यपि मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही बताइएको छैन ।






प्रतिक्रिया