काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सातै प्रदेश र सबै दलका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्। सबै सांसदहरूसँग प्रधानमन्त्री शाहले आ-आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि छलफल गरेका थिए। सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीले थालेको उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलका सांसदहरू सहभागी भएका थिए । प्रधानमन्त्रीले थालेको उक्त संवादलाई हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले भने बहिष्कार गरे ।
छलफल क्रममा नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री शाहसँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
सो क्रममा धनकुटाबाट निर्वाचित एमाले सांसद राईले भने अध्यक्ष ओलीलाई रिहा गर्न माग गरेका हुन्। ‘हाम्रो पार्टी अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ,’ सांसद राईले प्रधानमन्त्री शाहसमक्ष राखे थिए।
राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि उनले आपत्ति जनाए । ‘राम्रो काम गर्नै पनि भन्ने । अनि हामीले एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?,’ राईले असन्तुष्टि राख्दै भनेका थिए ।
यद्यपि सांसद राईले यी कुराहरू राख्दा प्रधानमन्त्री शाहले भने कुनै प्रतिक्रिया दिएनन् ।






प्रतिक्रिया