काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ। अदालतले पक्राउ अनुमति नदिँदै सम्बन्धित मिसिल फिर्ता गरेको हो।
धादिङकी शोभा पाठकले यसअघि तामेलीमा राखिएको मुद्दामा सचिव बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहित जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दायर गरेकी थिइन्। सोही निवेदनका आधारमा प्रहरीले जिल्ला अदालतमा पुनः पक्राउ अनुमति माग्दै मिसिल पेश गरेको थियो।
तर, जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासले उक्त माग अस्वीकार गरेको हो। अदालतले एकपटक तामेली भइसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने ठहर गर्दै मिसिल फिर्ता गरेको जनाएको छ।
एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ।
यसअघि पनि सचिव बस्नेतविरुद्ध दायर मुद्दा तामेलीमा राखिएको थियो। सोही विषयलाई लिएर पुनः पक्राउ अनुमति माग गरिए पनि अदालतले त्यसलाई स्वीकार नगरेपछि प्रकरणले नयाँ मोड लिएको छ।






प्रतिक्रिया