अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति

रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति


काठमाडौं-लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। 

सोमबार जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँले सोमबार शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थपको निवेदन दिएको थियो। 

प्रहरीले आइतबार राति शर्मालाई पक्राउ गरेको थियो। घरमा राखेकी बालिकालाई यातना दिएको शर्मालाई आरोप लगाइएको छ।