अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ


काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याललाई पक्राउ गरेको छ। शेयरसम्बन्धी ठगी प्रकरणमा उनलाई सोमबार पक्राउ गरिएको हो ।

सीआईबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । सन नेपाल लाइफले कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको शेयर बाँडफाँड सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण र कागजात पेश गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सो को प्रतिलिपिहरूको विवरण फरक निकायमा पेश गर्दा नमिलेको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनका अनुसार अर्याल गुल्मी जिल्लाको दरबार गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका छन्। ५१ वर्षीय अर्याललाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पुतलीसडकबाट पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।