काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
चैत १६ गते साेमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
सरकारले यही चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो।







प्रतिक्रिया