अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन

संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन


काठमाडौं-सरकारले संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहको नेतृत्वमा कार्यदल गठन गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रवक्ता पोखरेलका अनुसार कार्यदलले संसदमा रहेका सबै दलको सुझाव, सरोकार र दृष्टिकोणलाई समेटेर एक साझा अवधारणापत्र तयार गरिनेछ ।