काठमाडौं-नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरिएको ‘निन्दनीय’ ठहर गरेको छ।
सोमबार बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै उक्त कार्यलाई ‘निन्दनीय’ ठहर गरेको हो।
बैठकमा मुख्यतया पार्टीका शीर्ष नेतृत्वको गिरफ्तारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको एमाले कोशी संसदीय दलले जनाएको छ।
संसदीय दलले उक्त गिरफ्तारी कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै यसको भर्त्सना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।






प्रतिक्रिया