काठमाडौं- वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अहिलेको समयमा कांग्रेस र एमालेलगायत विपक्षी दलहरूले न्यायालयको भरोसा गर्न नहुने बताएका छन् । उनले कांग्रेस–एमालेसहित अरु प्रतिपक्षीहरूले न्यायालयको भरोसा गर्नुभन्दा पनि आफ्नो घर बलियो बनाउन एकजुट भएर अगाडि बढ्नसमेत सुझाव दिएका छन् ।
ुकांग्रेस, एमाले र अरु प्रतिपक्षिहरू, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको लडाइँ एकसाथ लड्न तयार रहनुस्,ु उनले भनेका छन् । लडाइँ अलि लामो हुन सक्छ । तसर्थ पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर । भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर । पपुलिज्मको उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर ।ु
ुपपुलिज्मको उत्कर्षमा नागरिक हक, प्रेस स्वतन्त्रता र प्रजातन्त्रको स्पेस संकुचित हुन्छ भन्ने हेक्का राख भट्टराईले थपेका छन् ।






प्रतिक्रिया