अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक बस्दै, अध्यक्ष ओली पक्राउपछिका थप रणनीति बनाइने

एमालेको सचिवालय बैठक बस्दै, अध्यक्ष ओली पक्राउपछिका थप रणनीति बनाइने


काठमाडौं-नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि पार्टीको दोस्रो सचिवालय बैठक बस्न लागेको हो। यसअघि चैत १४ गते शनिबार बसेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही दिनबाट पार्टीको जनसंगठनहरूको तर्फबाट देशभर विरोध प्रदर्शन भइरहेको छ।

साथै, चैत १५ गते देशैभरका जिल्ला पार्टी कमिटीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमार्फत पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरूद्धमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आजको सचिवालय बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने बताइएको छ । अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले देशभर विरोध प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ ।