अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका नेता कार्यकर्तालाई एकतावद्ध हुन महामन्त्री पौडेलको अपिल

कांग्रेसका नेता कार्यकर्तालाई एकतावद्ध हुन महामन्त्री पौडेलको अपिल


काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने भन्दै एकतावद्ध हुन अपिल गरेका हुन्। 

‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको आएको छ,’ महामन्त्री पौडेलले भनेका छन्, ‘एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको छ।’

अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु नहुने भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेको बताए। ‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔँ।’