अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाले इरानको हतियार भण्डारमा गर्‍यो भीषण आक्रमण

अमेरिकाले इरानको हतियार भण्डारमा गर्‍यो भीषण आक्रमण


काठमाडौं-अमेरिकाले इरानको इस्फहानमा रहेको एक प्रमुख हतियार डिपो (भण्डार) मा हवाई आक्रमण गरेको छ। वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सोमबार राति २ हजार पाउन्डको बंकर(बस्टर बम प्रयोग गरी अमेरिकाले इरानमा हमला गरेको हो।

उक्त पत्रिकाले अमेरिकाका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ठुलो मात्रामा हतियार र सैन्य उपकरण भएको डिपोलाई निसाना बनाइएको छ।

बंकर(बस्टर बमहरू सुदृढ र भूमिगत लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छ। आक्रमणपछि डिपोमा भण्डारण गरिएका हतियार विस्फोट भएका छन्। जसले गर्दा घटनास्थलमा भीषण आगलागी भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा विस्फोटको भिडिओ सार्वजनिक गरेका छन्।