अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्बोडियाका ‘स्क्यामिङ सेन्टर’बाट १२ नेपालीको उद्धार

कम्बोडियाका ‘स्क्यामिङ सेन्टर’बाट १२ नेपालीको उद्धार


काठमाडौं- विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोमा फसेका १२ जना नेपालीको उद्धार गरिएको छ।

 बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार गरी स्वदेश फर्काइएको हो।

अनलाईन ठगीसँगै कम्बोडियामा बिना भिषा बसिरहेका उनीहरुलाई राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्दार गरि गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सोमबार कम्बोडिया नेपाल पठाइएको हो। 

दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी काममा लगाइएको थियो।

 बिना भिसा (ओभरस्टे) बसिरहेका ती नेपालीहरू चैत १६ गते कम्बोडियाबाट उडेर सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दूतावासले अलपत्र परेका अन्य नेपालीहरूको समेत उद्धारको पहल भइरहेको जनाएको छ।
दूतावासका अनुसार कम्बोडियामा अझै पनि थुप्रै नेपालीहरू गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर अलपत्र परेको जानकारी प्राप्त भएको छ। 

स्क्यामिङ सेन्टरहरूले नेपाली कामदारको राहदानी (पासपोर्ट) जफत गरिदिने वा ट्रान्सफर हुँदा राहदानी हराउने गरेको व्यापक गुनासो आएको दूतावासले जनाएको छ।
यस्तो अवस्थामा स्वदेश फर्किन चाहने नेपालीलाई दूतावासले बिना शुल्क ‘एकतर्फी यात्रा अनुमतिपत्र’ (ट्राभल डकुमेन्ट) जारी गरिदिने व्यवस्था मिलाएको छ। 

त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्दार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ। सो प्रक्रियाको बृस्तित विवरण दूतावासकाे वेवसाइटमा राखिएको दूतावासले जनाएको छ।

कम्बोडियाको प्रयटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका थिए।

त्यसैगरि सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७6 जना नेपालीहरु कम्बोडिया गएको देखिन्छ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि पनि राजदूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ।