अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सुरु, एजेण्डा के छ ?

एमाले सचिवालय बैठक सुरु, एजेण्डा के छ ?


काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। बैठक केही समयअघि मात्रै पार्टी कार्यालय च्यासलमा सुरू भएको हो।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो। चैत १४ गते शनिबार पनि अध्यक्ष ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो ।

बैठकले पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष ओलीको गिरफ्तारीलाई लिएर उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीको आगामी कदमबारे निर्णय लिने नेताहरूले बताएका छन् ।

यो पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भनेर आलोचना गर्दै आएको छ। ओली रिहाइको माग गर्दै एमाले जनसंगठनहरुले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।

साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद गर्ने तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने निर्णय समेत एमालेले गरेको थियो । त्यसका लागि उपाध्यक्षत्रय रामबहादुर थापा बादल, विष्णु पौडेल र गोकर्ण विष्टलाई जिम्मा दिइएको थियो । आजको बैठकमा यस विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए ।