काठमाडौं-रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। आज बिहान बुढानीलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन्।
साथै, विकास र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति भएको लामिछानेको सचिवलयले जनाएको छ ।






प्रतिक्रिया