काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बसिरहेकाे हाे ।
बैठक अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ। साथै अध्यक्ष ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुने बताइएको छ।
त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक आह्वान भएको सन्दर्भमा संसदमा एमालेको रणनीति कस्तो हुने भन्नेबारे पनि छलफल हुने एमालेले बताएको छ।
चैत १४ गते शनिबार बिहान पक्राउ परेका ओलीलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ। स्वास्थ्यावस्थाका कारण अध्यक्ष ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।
अध्यक्ष ओलीलाई सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले आन्दोलनमा छ ।








प्रतिक्रिया