अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा

राप्रपा मेलम्ची नगरका वडाध्यक्ष चौलागाईले दिए राजीनामा


काठमाडौँ-फागुन २१ गते सम्मपन्न निर्वाचनमा पार्टीका उम्मेदवारले उल्लेख्य मत ल्याउन नसकेको नैतिक जिम्मेवारी लिँदै राप्रपा मेलम्ची नगरका वडाध्यक्षले पदबाट राजीनामा दिएका छन्।

राप्रपाका पूर्व केन्द्रीय सदस्यसमेत रहेका र हाल सिन्धुपाल्चोकको मेलम्ची नगरसमिति वडा नम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै आफूले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जनाएका छन्। गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रमा राप्रपाका गोपीकृष्ण चौलागाई उम्मेदवार बनेका थिए । उनले १६८१ मत प्राप्त गरेका थिए ।