काठमाडौं- प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउँदै स्ववियु अध्यक्ष दीपक जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो। आफू दार्चुलाबासी भएकाले पनि हो,’ स्ववियु अध्यक्ष जोशीले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा छैन। तर त्यहाँका जनताले भावनात्मकरुपमा महसुस गराउनु पर्यो।’
अझै सडक बाटो नपुगेकाले अब त्यस ठाउँको विकासका लागि स्मरण गराएको स्ववियु अध्यक्ष जोशीले बताए ।
अध्यक्ष जोशीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सासहित प्रधानमन्त्री बालेन शाहको फोटो पनि राखेका छन्। यसअघि काठमाडौं महानगरको मेयर हुँदा बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए।






प्रतिक्रिया