काठमाडौँ-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २०८२ चैत १३ शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको थियो।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार असीम शाह रास्वपाका पूर्वसांसद हुन्। उनी २०७९ को चुनावमा रास्वपाका सांसद बनेका थिए। उनले चुनावअघि बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछानेबीच एकता गराउन पनि भूमिका खेलेका थिए।रास्वपा सभापति लामिछाने र बालेनलाई असिमले आफ्नै निवासमा भेटवार्ता गराएका थिए। असिमको समेत पहलमा मध्यरातसम्म छलफल गरेर रवि र बालेनबीच ७ बुँदे सहमति भएको थियो। जुन सहमति बालेन प्रधानमन्त्री बन्ने प्रस्थान विन्दु मानिन्छ।
त्यही सहमतिका आधारमा बालेन समूहले रास्वपासँग एकता गरेको थियो। रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा होमिएको थियो। असिम अघिल्लो पटक रास्वपाबाट समानुपातिक सांसद थिए। प्रतिनिधि सभाको निर्वाचनमा असिमलाई काठमाडौँ क्षेत्र नम्बर ५ बाट उठाउने तयारी भएको थियो। तर अन्तिम सयममा उनी पछि हटेका थिए। त्यस क्षेत्रमा बालेनकै टिमका सस्मित पोखरेललाई उम्मेदवार बनाइएको थियो।
यसै सन्दर्भमा, प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिमले ६ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस यतिबेला एकाएक भाइरल बनेको छ। २०७७ पुस ५ गते उनले फेसबुकमा लेखेको स्टाटस अहिले भाइरल बनेको हो। त्यतिबेला फेसबुक स्टाटसमा उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्छ भनेका थिए।
उनले लेखेका थिए, ‘सुधारिने मौका अब राजालाई दिनुपर्छ। राजा आउ देश बचाऊ…’

प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदल गठन गरेको छ।






प्रतिक्रिया