अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसदले प्रधानमन्त्रीसँग आज पनि भने– अध्यक्ष ओलीको रिहा गरियोस्

एमाले सांसदले प्रधानमन्त्रीसँग आज पनि भने– अध्यक्ष ओलीको रिहा गरियोस्


काठमाडौं-नेकपा एमालेका सांसदहरूले आज पनि प्रधानमन्त्री बालेन शाहसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका छन्।

प्रधानमन्त्री बालेनले चैत १७ गते मंगलबार सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। त्यस क्रममा पूर्वप्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रतिशोध नसाध्न एमालेका सांसदहरूले आग्रह गरेको थिए ।

‘यो क्रान्तिबाट आएको सरकार होइन। आवधिक निर्वाचनबाटै आएको हो। पूर्वप्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रतिशोध साध्न जरूरी छैन। तत्काल अध्यक्ष ओलीको रिहाइ गरियोस् । हाम्रो कुरा त्यही हो,’ सांसदहरूले आग्रह गर्दै भनेका थिए।

यसमा प्रधानमन्त्री बालेन शाहले कुनै जवाफ दिएनन्। चैत १६ गते सोमबार पनि धनकुटाका सांसद राजेन्द्रकुमार राईले अध्यक्ष ओलीको रिहाइको माग गरेका थिए। तर, हिजो पनि प्रधानमन्त्री बालेनले कुनै जवाफ दिएका थिएनन्।

सुदूरपश्चिम प्रदेशका सांसदहरूले सेती लोकमार्ग, महाकाली करिडोर, गेटा मेडिकल कलेज लगायतको विषय उठाएका थिए।
प्रधानमन्त्री बालेनले गेटा मेडिकल कलेजको काम तत्काल अघि बढाउने बताएका थिए।

प्रधानमन्त्री शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने बताएका थिए। 

बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने बताएका थिए। धनगढी–दीपायल द्रुतमार्ग लगायका विषयमा पनि सांसदहरूले चासो राखेका थिए।