अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले अध्यक्ष ओली पक्राउबारे संसद्‌मा प्रश्न उठाउने

एमालेले अध्यक्ष ओली पक्राउबारे संसद्‌मा प्रश्न उठाउने


काठमाडौँ- नेकपा एमालेले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ। चैत १७ गते मंगलबार बसेको सचिवालय बैठकले संसदमा अध्यक्ष ओली पक्राउको विरोध गर्दै विषय उठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

संघीय संसदको बैठक २०८२ चैत १९ गतेका लागि बोलाइएको छ। 

यस्तै एमालेले पक्राउको विषयमा सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। 

एमालेले अध्यक्ष ओलीलाई प्रतिशोध र पूर्वाग्रही ढंगले पक्राउ गर्ने काम भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको महासचिव पोखरेलले बताए ।