अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने एमालेको घोषण

अध्यक्ष ओली पक्राउविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने एमालेको घोषण

यस्ता छन् आन्दोलनका कार्यक्रम


काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा चैत १७ गते मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

यस्ता छन् आन्दोलनका कार्यक्रम-

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने । 

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

  • सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
  • सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
  • संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।