अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: नागरिक संवादका लागि तीन नेतालाई जिम्मेवारी

एमाले सचिवालय बैठक: नागरिक संवादका लागि तीन नेतालाई जिम्मेवारी


काठमाडौं- नेकपा एमालेले सर्वपक्षीय नागरिक संवादका लागि तीन नेतालाई जिम्मेवारी दिएको छ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

एमाले संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने उनले जानकारी दिए।

एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भए लगत्तै थालिएको धरपकडले राज्य आतङ्कतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ।

सरकारले विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरेको गतिविधिका विषय समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए ।