अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: संसदमा दलहरूसँग सहकार्यको लागि उपाध्यक्ष थापा र सचिव अर्याललाई जिम्मेवारी

एमाले सचिवालय बैठक: संसदमा दलहरूसँग सहकार्यको लागि उपाध्यक्ष थापा र सचिव अर्याललाई जिम्मेवारी


काठमाडौं- नेकपा एमालेले संसदमा अन्य दलसँग संवादका लागि दुई नेतालाई जिम्मेवारी दिएको छ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको हो ।

संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको अवस्थामा अन्तरिम कालका लागि दुई जनालाई जिम्मेवारी दिइएको हो।

महासचिव शंकर पोखरेलका अन्य दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुतिका लागि उपाध्यक्ष थापा र सचिव अर्याललाई जिम्मेवारी दिइएको बताए ।

साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक डाकिएको छ ।