अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छुटे पूर्वसिडिओ छवि रिजाल

छुटे पूर्वसिडिओ छवि रिजाल


काठमाडौं-काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं । बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने । रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबार बिहान सुविधानगरस्थित घरबाट पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई पनि कारबाहीको सिफारिस गरेको थियो।