अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक आज

दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक आज


काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
भोली देखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता,प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।
पार्टीका पूर्व उपाध्यक्ष एवं साँसद गुरु बरालका अनुसार दिउसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ । फागुन २१ गते भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिट सहित २५ जना साँसद रहेका छन् । बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनु हुनेछ ।