अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले संसदीय दलको बैठक जारी

च्यासलमा एमाले संसदीय दलको बैठक जारी


काठमाडौँ-नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक बसेको हो।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ।

बैठकमा निर्वाचनमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी छन्। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ९ स्थानमा जित हासिल गरेको गरेको थियो। एमालेका तर्फबाट बाँके क्षेत्र-२ मा मोहम्मद इस्तियाक राईले २४ हजार ६२८ मत गरी विजयी भएका थिए। यस्तै, इलाम क्षेत्र-२ मा सुहाङ नेम्वाङले २२ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भएका थिए।

यसैगरी, दार्चुला क्षेत्र-१ बाट गणेश सिंह ठगुन्ना १८ हजार ८ सय ९१ मत र बझाङ क्षेत्र-१ बाट ऐनबहादुर महर १८ हजार ५ सय ४३ मतसहित निर्वाचित भएका थिए। यसैगरी, धनकुटा क्षेत्र-१ मा राजेन्द्र कुमार राईले १८ हजार १ सय ३२ मत र सङ्खुवासभा क्षेत्र-१ मा अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरी विजयी भएका थिए।

यसैगरी, ताप्लेजुङ क्षेत्र-१ बाट क्षितिज थेवेले १३ हजार ९ सय ६२ मत प्राप्त गरी विजयी भएका थिए।  त्यस्तै, दैलेख क्षेत्र-२ बाट १३ हजार ८ सय ८९ मतसहित लक्ष्मी प्रसाद पोखरेल र अछाम क्षेत्र-२ बाट ९ हजार ५ सय १८ मत प्राप्त गरी यज्ञ बहादुर बोगटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित गरी विजयी भएका थिए।

एमालेले समानुपातिकतर्फ आदिवासी जनजाति महिला/पुरुषमा उपाध्यक्ष रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन्। खसआर्य महिला समूहबाट पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदा कुमारी बराल छन् ।

पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल, थारु क्लस्टरबाट कृपाराम राना थारु रहेका छन् । यस्तै दलितबाट विष्णुमाया बिके, निता घतानी रहेका छन् । मधेशी महिलाबाट रिङला यादव र यशोदाकुमारी यादव, मधेशी पुरुषबाट चन्देश्वर मण्डल रहेका छन् । मुस्लिम महिलाबाट सजिता यादव सिद्दिकी रहेका छन् ।