काठमाडौं-नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले आफू संसदीय दलको नेताको जिम्मेवारी निभाउन तयार रहेको बताएका हुन् ।
उनले भने, ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु। देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन। सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ।’
पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् ।
पार्टी उपाध्यक्ष बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता सहभागी छन् ।






प्रतिक्रिया