अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा जारी

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा जारी


काठमाडौँ-सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसिरहेको हाे।

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्। 

संघीय संसद् सचिवालयले आह्वान गरेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु सहभागी छन्।

म्याग्दीबाट  स्वतन्त्र उम्मेदवार महावीर पुनले निर्वाचन जितेका छन्।