अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, शल्यक्रियाबारे चिकित्सकहरू छलफलमा

एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, शल्यक्रियाबारे चिकित्सकहरू छलफलमा


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे चिकित्सक टोलीले आज निर्णय गर्ने तयारी गरेको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएपछि शल्यक्रिया गर्ने वा नगर्ने विषयमा चिकित्सकहरूबीच छलफल भइरहेको हो।

अस्पतालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा छन्।  पित्तथैलीमा पत्थरी देखिएको छ भने पिसाबमा सङ्क्रमणसमेत पुष्टि भएको अस्पतालले जनाइएको छ। यससँगै चिकित्सकहरूले अध्यक्ष ओली स्वास्थ्य अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन्।

अस्पताल स्रोतका‍ अनुसार अध्यक्ष ओलीले पित्तथैलीको पत्थरी निकाल्न चाहेका छन्। तर आवश्यकताको मूल्यांकनपछि मात्रै अन्तिम निर्णय लिइनेछ।

जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस कार्यान्वयनका क्रममा भन्दै गत शनिबार प्रहरीले अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो। पक्राउपश्चात स्वास्थ्य परीक्षणका लागि उहाँलाई शिक्षण अस्पताल लगिएको थियो र त्यसपछि उपचारका लागि भर्ना गरिएको हो।