अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक: उपाध्यक्ष र समिति सभापति चयनबारे छलफल

 राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक: उपाध्यक्ष र समिति सभापति चयनबारे छलफल


काठमाडौं-राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको छ।

बैठकले भोलिदेखि सुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरूलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जनाएको छ।

त्यस्तै, अधिवेशनमा नयाँ निर्वाचित भएर आएका सदस्यहरूलाई समितिमा विभाजन लगायत विषयमा पनि बैठकमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ। 

सभाको प्रस्तावित कार्यपालिकाबारे छलफल भएको छ। जसमा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयन, उपाध्यक्षको निर्वाचन, सभापतिको निर्वाचन, सभामा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन छन्।

बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी थिइन् ।