काठमाडौं- नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। आज एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा संसदीय दल बैठक बसिरहेको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो। उक्त बैठकमा सांसदहरू रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले संसदीय दल नेतामा इच्छा राखेका थिए।
सर्वसम्मतको प्रयास असफल भएपछि पार्टी निर्वाचन विभागले चुनाव गर्ने तयारी गरेको उक्त विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।
निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो।






प्रतिक्रिया