अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध


काठमाडौँ-नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन्। एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए।

सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक आचार्यले जानकारी दिए ।

दलको नेतामा चयन भएका बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।