अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खड्का र शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश

खड्का र शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश


काठमाडौं-सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। 

चैत १८ गते बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हाे।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।

एमालेको लुम्बनी प्रदेश सांसद शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ ।