काठमाडौं-नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रियाबारे भाेलि अर्थात् बिहीबार निर्णय हुने भएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना रहेका अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने बारे अहिले पनि छलफल जारी छ। अस्पताल स्रोतका अनुसार अध्यक्ष ओलीको पिसाबमा संक्रमण देखिएको आशंकामा कल्चर रिपोर्टका लागि नमूना लिइएको छ। त्यसको रिपोर्ट बिहीबार मात्रै आउने अस्पताल स्रोतले जनाएकाे छ।
त्यही रिपोर्ट आएपछि अस्पतालले अध्यक्ष ओलीको शल्यक्रिया गर्ने कि नगर्ने भन्नेबारे डाक्टरहरूले निर्णय गर्ने स्रोतले बतायो।






प्रतिक्रिया