अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न एमालेको माग

अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न एमालेको माग


काठमाडौं-नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ। एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलका नेता रामबहादुर थापा बादलले सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको निष्कर्षसहित रिहा गर्न माग गरेको बताए।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई  निशर्त रिहा गर्नुपर्ने बताए। दलका नेता बादलले उनले भोलिबाट सुरु हुने सदनमा पनि आफूहरूले यो विषयमा आवाज उठाउने भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए।

थापाले सदन अवरोध गर्ने पार्टीको कुनै निर्णय नभएको बताए।