अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई


काठमाडौं-नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ।

आज एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिए।

अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि बादललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका नेता ऐन महरले बताए। ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ अध्यक्ष ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै नेता ऐन महरले भने ।

गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बादल पार्टीमा दोस्रो बरियतामा छन्।

आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो । संसदीय दलको नेता चयन भएपछि थापाले संसदको अंकगणित कम भए पनि जनमतका हिसाबले प्रतिपक्षीहरू धेरै ठूलो रहेको दाबी गरे ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट एमालेका २५ सांसद निर्वाचित भएका छन्।