अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार सुनको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको हो हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ । यस्तै अघिल्लो दिन प्रति १० ग्राम २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४,९४५ रुपैयाँ थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ थियो।