काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल पत्थरीको शल्यक्रिया नहुने भएको छ।
काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने इच्छा व्यक्त गरेपछि विभिन्न परीक्षण गरिएको थियाे। परीक्षणका क्रममा रिपोर्टमा पिसाबको संक्रमण देखिएको अस्पतालले जनाएको छ। जसले गर्दा उनको शल्यक्रिया केही दिन पछि सरेको छ।
यसअघि नै अध्यक्ष ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। उनको पत्थरीको शल्यक्रिया गर्ने तयारी गरिएको थियो। अब पिसाबको संक्रमण निको भएपछि मात्रै पत्थरीको शल्यक्रिया गरिनेछ ।






प्रतिक्रिया