काठमाडौँ-प्रतिनिधि सभाको पहिलो बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन्। नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन्।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे। तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका छन्।
सांसद बरालले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए। सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन्।
पक्राउको विरोधमा शान्तिपूर्ण विरोध गर्दा सरकारले बर्बर दमन गरेको आरोप लगाए । उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरे ।






प्रतिक्रिया