काठमाडौँ- नेकपा एमालेले जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा २०८२ भदौ २३ र २४ को घटनामा दुई खाले निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ।
बिहीबार बसेको पहिलो बैठकमै एमालेले यसबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।
सांसद बरालले कार्की आयोगको प्रतिवेदनले भदौ २३ बारे बोलेको तर २४ गतेको कुनै कुरा नउठाएको भन्दै अहिले सरकारले समिति बनाएर छानबिन गर्ने कुराप्रति पनि प्रश्न उठाए। ‘एउटै घटना दुईवटा आयोग बनाएर छानबिन गर्ने कुरा कति उचित हो?,’ उनको भनाइ थियो।
बैठकको सुरू भएलगत्तै एमाले सांसद गुरु बरालले सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गैरकानुनी धरपकड गरेको भन्दै तत्काल रिहाइको माग समेत गरेको छ।
‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ,’ बरालले संसदमा भने, ‘उहाँहरूलाई अविलम्ब रिहा गरियोस्।’






प्रतिक्रिया