अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको नेता चयनबारे टिप्पणी नगर्न एमाले पङ्क्तिलाई सुहाङ नेम्वाङको अपिल

संसदीय दलको नेता चयनबारे टिप्पणी नगर्न एमाले पङ्क्तिलाई सुहाङ नेम्वाङको अपिल


काठमाडौँ-नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चैत १८ गते बुधबार निर्विरोध चयन भएका थिए। एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्वाङले पनि संसदीय दल नेतामा दाबी गरेका थिए। बादल र नेम्वाङले दुबै जनाले संसदीय दल नेतामा दाबी गरेपछि निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो।

अन्तिमा आएर सांसद नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल संसदीय दलको नेता चयन भएको निर्वाचन समितिले घोषणा गरेको थियो। सो विषयलाई लिएर यतिबेला नेतृत्व र नेताहरूले विभिन्न टिप्पणी गर्न थालेपछि सांसद नेम्वाङले संसदीय दलको नेता चयनको विषयलाई आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिमा अपिल गरेका छन् ।

सांसद नेम्वाङले आफ्नो उम्मेदवारी पदको लोभ वा व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयास भएको प्रष्ट पारेका छन् ।

सांसद नेम्वाङले पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्य-मान्यताप्रति आफू पूर्ण निष्ठावान रहेको उल्लेख गर्दै ‘अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार भएको बताएका छन् ।

पार्टी अहिले असाधारण संकट र चौतर्फी घेराबन्दीमा रहेको औंल्याउँदै कार्यकर्तामा व्याप्त निराशा चिर्न आफूले कदम चालेको उनको दाबी छ ।

आफ्नो उम्मेदवारीलाई उनले पार्टी र आन्दोलनका लागि ‘कालकूट विष’ पिएको रूपमा अर्थ्याएका छन् । ‘म जानकार छु, मेरो यो कदम मेरो व्यक्तिगत फाइदाका लागि थिएन, तर यसले एउटा सकारात्मक सन्देश दिएको छ,’ उनको भनाइ छ ।

आफ्नो उम्मेदवारी वा निर्वाचनको विषयलाई लिएर नेतृत्व र पार्टीका अन्य नेताहरूविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न समर्थक र कार्यकर्ताहरूलाई उनको विनम्र अनुरोध छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रयासले कसैलाई पनि कमजोर बनाउन नहुनेमा उनको जोड छ । आफ्ना दृष्टिकोणहरूलाई आन्तरिक कमिटीमै छलफल गर्ने प्रतिबद्धता पनि उनको छ ।

दलको नेतामा चुनिएका रामबहादुर थापा ‘बादल’ लाई बधाई सहित सुहाङले कार्यकाल सफलताको कामना गरेका छ्न् ।

सुहाङ नेम्वाङको भनाइ जस्ताको तस्तै

आदरणीय अग्रज

प्रिय कमरेडहरू,

अभिवादन !

यहाँहरुलाई थाहा छ, हाम्रो प्रिय पार्टी नेकपा (एमाले) को संसदीय दलको हिजोको बैठकपछि निर्वाचन प्रक्रियामार्फत् आदरणीय उपाध्यक्ष कमरेड रामबहादुर थापा ‘बादल’ दलको नेतामा निर्वाचित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको सुखद शुभकामना व्यक्त गर्दछु ।

संसदीय दलको निर्वाचन प्रक्रियाका दौरान मैले आफ्ना स्पष्ट मान्यता र दृष्टिकोणहरू राखिसकेको छु । म आफ्ना विचार र मान्यताहरूलाई पार्टीको सम्बन्धित आन्तरिक कमिटी र विधिभित्रै राख्नुपर्छ भन्नेमा दृढ छु । तर, बैठकपछि सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्त प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै थप प्रष्ट पार्नु म आफ्नो कर्तव्य ठान्दछु ।