काठमाडौं-स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन्।चैत १९ गते बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् ।
‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु। बोल्ने तरिका, काम गर्ने तरिका फरक छ, सबैकुरा। म प्राय: सबैसँग मिल्दैन,’ पुनले भने, ‘म यो ठाउँमा आउनै नपर्ने मान्छे हुँ।’
सांसद पुनले आफू समाजसेवीकै रूपमा रहने बताए। ‘जेनजी आन्दोलनपछि जेनजी भाइहरूले ताप्लेजुङमा किताब बेचिरहेको बेला बोलाएर शिक्षा मन्त्री बनाए,’ उनले भने ।
त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको उनले बताए ।
‘ती विकृति हटाएर विद्यालय, कलेज र विश्वविद्यालयमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ,’ उनले भने, ‘त्यसका लागि तीनवटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र चारवटा नियमावली ल्याउन प्रयास गरेको थिएँ ।’






प्रतिक्रिया