अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक

एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ।

महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो ।

उहाँले प्रतिनिधिसभा निर्वाचनका कारणले पार्टी महाधिवेशनपछि विवरण बुझाउन नपाइएकाले आज मात्र बुझाइएको बताउनुभयो । एमालेको गत मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन भएको थियो । पार्टीको महाधिवेशन भएपछि निर्वाचन आयोगमा सबै विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।