अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘संसदमा रामबहादुर थापाको मन्तव्य एमालेको नीति विपरित’

‘संसदमा रामबहादुर थापाको मन्तव्य एमालेको नीति विपरित’



काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले आज संसदको बैठकमा व्यक्त गरेका बिचारलाई पार्टी नेताहरुले पार्टी नीति विपरित भनेर आलोचना गरेका छन्। उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल मार्फत थापाको मन्तव्य पूर्णत पार्टी नीति विपरित भएको बताएका छन्।

थापाले यस पटकको निर्वाचनमा नेपाली सेना,कर्मचारी,बार्बरा फाउण्डेसन र विदेशी शक्तिले जितेकोले उनीहरुलाई बधाइ दिएका थिए । थापाको यो भनाइ पार्टी नीति विपरित भएको उपाध्यक्ष विष्णु पौडेलले बताउनुभएको छ। पौडेलले सामाजिक सञ्जालमा लेख्दै थापाले व्यक्त गरेका बिचार पार्टीका स्थापित नीति र मान्यता विपरित भएको उल्लेख गरेका छन्। ‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेको दल नेताको हैसियतले मा.रामबहादुर थापाले ब्यक्त गर्नुभएको बिचार पार्टीका स्थापित नीति र मान्यता विपरित छन्’ पौडेलले लेख्नु भएको छ ।

उहाँले यस विषयमा भोली बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकमा गम्भिर छलफल हुने पौडेलले उल्लेख गरेका छन् ।
यसैगरी पार्टी उपमहासचिव योगेश भट्टराई नेता थापाको नाम नलिइ नेकपा एमाले संसदमा विपक्षी दल हो तर राज्यपक्षीय दल भएको स्मरण गराउनुभएको छ । पार्टीको नेपाली सेना,सुरक्षा अंग,कर्मचारीतन्त्रप्रति एमालेको कुनै बैरभाव नरहेको बरु यी संस्थाप्रति पार्टीको सम्मान र विश्वास रहेको उल्लेख गर्नुभएको छ । ‘संसद वा सडक,सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ’ भट्टराईले लेखेका छन् ।

भट्टराईले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समिक्षा गरी कमजोरीलाई सच्याएर पुन जनविश्वास आर्जन गर्ने बाटोमा जानु जनताको बहुदलीय जनवादको मुल मर्म भएको उल्लेख गर्नुभएको छ । ‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो ’ भट्टराईले लेखेका छन् ।