अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता आज

प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता आज


काठमाडौं – प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ । सत्तारुढ घटक रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।
आइतबार हुने निर्वाचनको सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम छ ।

साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।