अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको सचिवालय बैठक आज

नेकपा एमालेको सचिवालय बैठक आज


काठमाडौं -नेकपा एमालेका सचिवालयको आकस्मिक बैठक आज बस्दैछ ।
कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकका एजेण्डा बारे केही बताइएको छैन । तर उपाध्यक्ष विष्णु पौडेलले हिजो कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा गरेको सम्बोधनको विषयमा गम्भिर छलफल हुने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र विधि विपरित भएको जनाएको छ ।
एक नेताले दिएको जानकारी अनुसार आजको बैठक त्यसै विषयमा छलफल गर्नका लागि बोलाइएको हो । बैठक कार्यबाहक अध्यक्ष थापाको अध्यक्षतामा बस्नेछ ।